ad ad

समाज


कोरोनाबाट मर्नेको संख्या चीनमा भन्दा स्पेनमा धेरै, एकै दिनमा ७३८ को ज्यान गयो

कोरोनाबाट मर्नेको संख्या चीनमा भन्दा स्पेनमा धेरै, एकै दिनमा ७३८ को ज्यान गयो

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:४८,

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ४ सय ३४ पुगेको छ। यससँगै मृतक संख्यामा स्पेनले चीनलाई उछिनेको छ।

चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै मृत्यु हुने मुलुक इटलीमा ६ हजार ८ सय २० ले ज्यान गुमाएका छन्।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार मृतक संख्यामा एकै दिनमा २७ प्रतिशतले वृद्धि भएको छ। अर्थात गत २४ घण्टामा ७ सय ३८ जनाको मृत्यु भएको छ।

स्पेनमा हालसम्म ४७ हजार ६ सय १० जना संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .