अटो


ठूलाबसको आयात बढेपछि व्यावसायी उत्साहित

ठूलाबसको आयात बढेपछि व्यावसायी उत्साहित

वसन्त अर्याल
फागुन १८, २०७६ आइतबार ८:२३,

पछिल्लो समय नेपालमा ठूला बसको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार डिजेल तथा सेमी डिजेलका ठूला बसको आयातमा भारी मात्रामा वृद्धि भएको हो। मिनीबस र माइक्रो बसको आयातमा भने खासै वृद्धि नभएको तथ्यांकले देखाएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ७१/७२ मा ५ सय ९७ वटा ठूला बस आयात भएका थिए भने आव ७५/७६ मा आइपुग्दा यो संख्या बढेर १६ सय १५ पुगेको छ।

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा मिनीबस र माइक्रो बसको आयातमा भने खासै वृद्धि भएको देखिँदैन। आव ७१-७२ मा ३ सय ३८ मिनीबस भित्रिएका थिए भने आव ७५/७६ मा ३ सय ५७ वटा मिनीबस आयात भएको तथ्यांकले देखाएको छ। त्यस्तै आव ७१/७२मा माइक्रोबस ४ सय ३५ आयात गरिएको थियो भने गत आर्थिक वर्षमा यो संख्या झन् घटेको छ। गत आवमा ४ सय २१ माइक्रोबस आयात गरिएको छ।

चालु आर्थिक वर्षको ७ महिनामा ७ सय ७८ ठूला बस भित्रँदा १ अर्ब ३५ करोड बाहिरिएको छ। सोही अवधिमा २ सय ३१ वटा मिनीबस आयत हुँदा ४१ करोड रुपैयाँ बाहिरिएको छ। त्यस्तै १७ करोडमा १ सय ९९ माइक्रो आयात भएका छन्।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले व्यवसायी मैत्री वातावरण बनाउँदा ठुला बस भित्र्याउन सम्भव भएको बताउँछन्।

‘हिजो सरकार भ्रमक नीतिमा थियो। सरकार एकलौटी चल्न खोज्थे’, महासचिव सिटौलाले भने, ‘अहिले सरकारले यातायात व्यवसायी महासंघसंग छलफल गरेर कानुन बनाउँदा व्यवसायीमा विश्वास बढेको हो ।’

उनले लगानीको सुरक्षा मुख्य कुरा भएको भन्दै सरकारले आवश्यकता अनुसार रुटको व्यवस्था गर्नेपर्ने बताए। ‘कुन रुटमा कति गाडी आवश्यक छ भन्ने कुराको निर्धारण सरकारले गर्नुपर्छ’, उनले भने, ‘अहिले हचुवामा रुट अनुमति दिएको छ। काठमाडौं–धनगढी, कठमाडौं–झापा, कति गाडी आवश्यक छ त्यो अनुसार गाडीलाई अनुमति दिनुपर्छ।’

उनले अहिले व्यवासायी उत्साहित भएर ठूलाबसमा लगानी गरिरहेको र सोही अनुसारको प्रतिफल नमिले फेरि लगानी नगर्ने बताए।

कुन वर्षमा कति बस आयात?
नेपाल सरकारले बसलाई ३ प्रकारमा परिभाषित गरेको छ । जसमा ११ देखि १४ सिटसम्मकालाई माइक्रो, १५ देखि २५ सिटसम्मकालाई मिनीबस र २६ सिटभन्दा माथिकालाई बस (ठूलाबस) भनेर परिभाषित गरेको छ।

ठूलाबस
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ७५/७६ मा १ हजार ६१५ बस भित्रिएका छन्। कुल २ अर्ब ८ करोड बराबरको आयात हुँदा १ अर्ब ३८ करोड राजस्व संकलन भएको छ। त्यस्तै आव ७४/७५ १ हजार २२३ वटा बस आयात भएका छन्। १ अर्ब ९८ करोडको बस आयातमा १ अर्ब ३८ करोड राजस्व उठेको छ ।

आव ७३/७४ ९ सय ३७ बस भित्रिएका थिए। जसमा १ अर्ब ९५ करोड बराबरको आयात भएकोमा ७९ करोडको राजस्व उठेको छ। यसैगरी आब ७२/७३ ५ सय ३१ बस भित्रिएका थिए। ८४ करोड बराबरको बाहिरिदाँ ४३ करोड राजस्व उठेको छ। आब ७१/७२ मा ५ सय ९७ बस भित्रदाँ ५४ करोड बाहिरिएको छ भने ४३ करोड राजस्व संकलन भएको छ।

मिनीबस
आव ७५/७६ मा ३ सय ५७ वटा मिनीबस भित्रिएका छन्। कुल ६५ करोड बराबरको आयात हुँदा ६३ करोड राजस्व संकलन भएको छ। त्यसैगरी आव ७४÷७५ मा मिनीबस ३ सय २१ वटा आयात भएका छन्। जसमा ५८ करोड रुपैयाँका बस आयात हुँदा ५६ करोड राजस्व उठेको छ।

आव ७३/७४ मा ३ सय ४१ वटा मिनीबस आयात भएकोमा ७२ करोड रुपैयाँ बाहिरिँदा ७० करोड राजस्व उठेको छ।

त्यस्तै आव ७२/७३ मा ३ सय ३८ मिनीबस भित्रँदा ७४ करोड बहिरियो भने ७२ करोड राजस्व संकलन भएको छ। त्यस्तै आव ७१÷७२ मा ३ सय ३८ वटा मिनीबस आयात हुँदा ७४ करोड बाहिरिएको छ। जसबाट ७२ करोड राजस्व उठेको छ।

 माइक्रोबस
आर्थिका वर्ष ७५/७६ मा ४ सय २१ माइक्रो भित्रिएका छन्। माइक्रोको आयातबाट ३६ करोड बाहिररिँदा ४१ करोड राजस्व संकलन भएको छ।

आर्थिक वर्ष ७४/७५ मा ४४ करोडका ५ सय २२ वटा माइक्रो आयात भएका छन्। जसबाट राज्यले ५५ करोड राजस्व उठाएको छ । त्यस्तै आर्थिक वर्ष ७३/७४ मा माइक्रो बस ४ सय ५६ आयात भएका छन्। ३६ करोडको खरिदमा ४६ करोड राजस्व संकलन भएको छ।

आर्थिक वर्ष ७२/७३ मा ३४ करोडका ४ सय ३५ वटा माइक्रो आयात भएको छ। जसबाट ४२ करोड राजस्व उठेको छ।

आर्थिक वर्ष ७१÷७२ मा ४ सय ३५ माइक्रो आयात हुँदा ३४ करोड बाहिरियो। जसबाट ४२ करोड राजस्व उठेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad