भोलि शनिबार वीरगञ्जमा हालसम्मकै सबैभन्दा ठूलो म्याराथुन इभेन्ट ‘टीभीएस वीरगञ्ज म्याराथुन २०७६’ हुने भएको छ।
नेपालका लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको मुख्य प्रायोजनमा हुने सो म्याराथुन भिजिट नेपाल इयर २०२० प्रदेश नम्बर २, नेपाली सेनाको मध्य पृतना र नम्बर २८ बाहिनी तथा वीरगञ्ज महानगरपालिकाको सहसंयोजकत्वमा हुनलागेको हो।
वीरगन्ज घण्टाघरबाट प्रारम्भ हुने सो म्याराथुन विभिन्न स्थान पार गर्दै सेनाको ब्यारेकमा पुगेर समापन हुनेछ।
काठमाडौंबाहिर हुनलागेको हालसम्मकै सबैभन्दा ठूलो दावी गरिएको सो म्याराथुन इभेन्टमा ५ हजारभन्दा बढी सहभागी हुने र विभिन्न फरक फरक क्षमताका धावकहरु सहभागी हुने बताइएको छ।
यसमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि १ किलोमिटर, अपांगहरुका लागि १ किलोमिटरको ह्विल चियर दौड, स्कुल विद्यार्थीहरुका लागि ५ किलोमिटर, सामान्य नागरिकका लागि १० किलोमिटर र हाफ म्याराथुनमा सहभागी हुन चाहनेका लागि २१ किलोमिटर तथा फुल म्याराथुनमा सहभागी हुन चाहनेका लागि ४२.१९५ किलोमिटर दौडको व्यवस्था गरिएको छ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र प्रधान सेनापति पूर्णचन्द्र थापाबाट उद्घाटन गरिने सो म्याराथुनमा पहिलो हुने विजेतालाई आयोजकमार्फत १ लाख २५ हजार नगदका साथै जगदम्बा मोटर्समार्फत टीभीएस स्कुटर प्रदान गरिने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए।
त्यसैगरी अन्य विभिन्न विधाका विजेताहरुलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्ताे छ कार्यक्रम :

Shares

प्रतिक्रिया