ad ad

समाज


स्वर्ण महोत्सव मनाउँदै आदर्श सौल विद्यालय

स्वर्ण महोत्सव मनाउँदै आदर्श सौल विद्यालय

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ९:९,

ललितपुरको सैबु, बुङ्गमतीमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले यस साता स्वर्ण महत्सोव मनाइरहेको छ।

२०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालय यही माघ २६ गते ५० वर्ष पुग्न लागेको अवसरमा विद्यालयले विविध कार्यक्रम सहित स्वर्ण महत्सोव मनाउन लागेको जानकारी दिएको छ । विद्यालयका प्रधानध्यापक सरोजभक्त आचार्यले आफनो कार्यकालमा विद्यालयले स्वर्ण वर्ष मनाउन पाउनु गर्वको विषय भएको बताए ।

‘स्वर्ण महत्वसको समयमा विद्यालयको जिम्मेवारीमा बसेर शिक्षा दिन पाँउनु मेरो लागि अवस्मिरणय क्षण हो,’ उनले भने, ‘हिजोका शिक्षक÷शिक्षिका तथा हाल भईरहेका शिक्षक÷ शिक्षिकाको मेहेनत तथा गुणस्तरीय शिक्षाले गर्दा यति लामो यात्रा सम्भव भएको हो । मैले आफूले सिकेको ज्ञान नयाँ पिढीको लागि बाँड्ने सोचमा आर्दश सौलले सहजताको भूमिका खेलेको छ । ज्ञान भएका अर्थात् वौद्धिक वर्गहरुले प्राप्त गरेका शिक्षा,ज्ञान तथा अनुभव बाढ्ने स्थान भनेको विद्यालय हो ।’

विद्यालयका सह प्राध्यपक लक्ष्मण बाबु तिवारीले समाजका हरेक तहबाट विद्यालयलाई प्राप्त सहयोग मार्फत् नै यति लामो दुरी पार गर्न सफल भएको बताए। शिक्षक डिल्लीमान श्रेष्ठले विद्यालयको शैक्षिक अवस्था उत्कृष्ट रहेको बताए। मानविकी संकायका प्रमुख दिनेश खड्काले पछिल्लो समय कलेजमा संकायहरु थप गर्दै लगेको बताए । २०५५ सालदेखि व्यवस्थापन संकायबाट सुरु गरेको कक्षा ११ र १२ मा हला विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा समेत अध्ययन हुने गरेको उनको भनाइ छ ।

ललितपुरको सिमाना जोडिएका जिल्लाका साथै हिमाल, पहाड र तराईका जिल्लाबाट आउने विद्यार्थीका लागि सहज अध्ययनका लागि संकाय थप गरिएको तथा शैक्षिक स्थितिमा विशेष ध्यान दिएका शिक्षक खड्काले बताए।
हाल ललितपुर , काठमाडौंका साथ बाहिरी जिल्ला गरी ५५ बढी जिल्लाका करिब दुई हजार विद्यार्थीले शिक्षा माध्यमिक तहको शिक्षा लिइरहेका छन्। विद्यालयमा बिहानी र दिवा गरेर पूर्व प्राथमिक तहदेखि कक्षा १२ अर्थात् माध्यमिक तहसम्म पढाइ हुन्छ।

सो विद्यालयमा सबैका लागि शिक्षा भन्ने राष्ट्यि नारा अनुसार २०५४ सालदेखि विशेष क्षमता भएका विद्यार्थीहरु (बहिरा,अन्धा र सुस्त मनस्थितिका) लाई विशेष सुविधा सम्पन्न प्रविधियुक्त भवनमा विशेष शिक्षा दिने व्यवस्था भइरहेको सह—प्राध्यपक दयाराम मर्हजनले बताए । शिक्षाको अवसरका बाट विशेष क्षमता भएका विद्यार्थीहरु नछुटुन् भनेर उनीहरुका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ।

२०४१ सालदेखि एस.एल.सी परिक्षामा विद्यार्थीहरु सामेल गराँउदै आएको विद्यालय करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ भने हाल ६ वटा भवनमा अध्ययन कार्य भइरहेको छ भने विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुदस्थलहरु समेत रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .