ad ad

अटो


सिप्रदीको ‘टाटा दशैँ बम्पर’ उपहार वितरण कार्यक्रम सम्पन्न

सिप्रदीको ‘टाटा दशैँ बम्पर’ उपहार वितरण कार्यक्रम सम्पन्न

नेपालखबर
माघ ६, २०७६ सोमबार ११:४७,

सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा दशैं बम्पर लक्की ड्र’को उपहार घोषणा कार्यक्रम आयोजना गरेको छ।

सिप्रदी टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो। कम्पनीले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरुसहित योजना गरेको उक्त लक्की ड्रको यही माघ ३ गते हायात होटलमा उपहार वितरण कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्रको कार्यक्रम पुस २१ गते आयोजना गरिएको थियो। देशैभरबाट कुल १ हजार ७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए।

यसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ। कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टिभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन्।

४५ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो। ४५ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो।

बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ । इन्जिनियरिब तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कमर्सियल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ। अन्तर्राष्ट्रियस्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ । टाटा मोर्टसका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरणमा सिप्रदी आबद्ध छ ।

देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ बर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुतगतिमा व्यवसाय बिस्तार गरिरहेको छ । करिब ७५० भन्दा कर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन्।

सिप्रदी टेड्रिङ्ग प्रा.लि. सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .