ad ad

राजनीति


कस्मिर मुद्दामा चीनको प्रयास असफल, पाकिस्तानलाई अर्को झट्का

कस्मिर मुद्दामा चीनको प्रयास असफल, पाकिस्तानलाई अर्को झट्का

नेपालखबर
माघ २, २०७६ बिहिबार ७:५७,

भारतले कस्मिरमा मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यस विषय छलफल गरेर टुंगो लगाउनु पर्ने बताएको थियो।

पाकिस्तानको समर्थन गर्दै चीनले बुधबार कस्मिरको विषयमा छलफल गर्नुपर्ने प्रस्ताव गरेको थियो।

तर सुरक्षा परिषद्का सदस्य राष्ट्ररुले कस्मिरको विषय पाकिस्तान र भारतको द्विपक्षीय र आन्तरिक मुद्दा भएको बताएपछि यस विषयमा छलफल नभएको बीबीसीले जनाएको छ।

तेस्रोपटक पाकिस्तान र चीन कस्मिरको विषय सुरक्षा परिषद्मा छलफल गराउन असफल भएका हुन्।

सुरक्षा परिषद्को वैठकमा स्थायी सदस्य फ्रान्स, अमेरिका, वेलायत, रुस तथा अन्य १० सदस्य राष्ट्रले चीनको प्रस्तावको विरोध गरेको जनाइएको छ।

गतवर्षको अगष्ट ५ मा भारतले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई दिएको विशेषाधिकार खोसेपछि पाकिस्तानले सुरुवातदेखि भारत सरकारको विरोध गरिरहेको छ।

कस्मिर मुस्लिम बाहुल क्षेत्र हो। विशेषाधिकार खोसेर केन्द्र सरकारले मुसलमानलाई विस्थापित गर्न खोजेको पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोप छ।

अगष्टदेखि नै कस्मिरका विभिन्न क्षेत्रमा इन्टरनेटहरु तथा फोनसेवाहरु प्रतिबन्ध गरिएका छन्।

पाकिस्तानले भारतले कस्मिरमा मानवअधिकार उल्लंघन गरेकाले यो विषय अन्तर्राष्ट्रियकरण हुनुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .