ad ad

राजनीति


रुसका प्रधानमन्त्रीद्वारा राजीनामा

रुसका प्रधानमन्त्रीद्वारा राजीनामा

नेपालखबर
माघ १, २०७६ बुधबार १५:२८,

रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा परिवर्तन गर्ने प्रस्ताव गरेपछि मेदभेदेवले राजीनामा दिएका हुन्।

पुटिनले लामो समय शासन गर्न संविधान परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ। प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले रुसको शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याउने बताएका छन्। पुटिनले मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदका उप प्रमुख बन्न आग्रह गरेका छन्।

पुटिनका चौथो शासनकालको चार वर्ष बाँकी हुँदा संविधान परिवर्तनको घोषणा गरिएको हो। हालको संविधानले लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने व्यवस्था छ। जसलाई छल्न राष्ट्रपति पुटिन सन् २००८ मा प्रधानमन्त्री बनेका थिए भने त्यस समयमा मेदभेदेवलाई राष्ट्रपति बनाएका थिए।

पुटिनले प्रस्ताव गरेको संशोधन प्रस्ताव माथि देशव्यापी मतदानबाट निर्णय हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .