सिप्रदी ट्रेडिङ प्रालिले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक शोरुममा मंगलवार साँझ ५ बजेदेखि आयोजना हुने कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक हो।
उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
साथै लाइभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज लोयलटी बोनस, आकर्षक नगद छुट, एक वर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्ट लगायतका विशेष आर्कषणहरु रहेका छन्।

प्रतिक्रिया