स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम होण्डा ह्विल अफ फर्चुन ३’ का विजेताहरु घोषणा गरेको छ। स्याकार ट्रेडिङ्ग होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता हाे।
सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले ह्विल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन्।
बम्परमा सोही लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख, त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले १ लाख नगद पुरस्कार जितेको कम्पनीले जनाएको छ।
यसका साथै, मोरङका तोयानाथ गौतम र धनगढीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निःशुल्क थाईल्याण्ड भ्रमण जान पाउने भएका छन्। होण्डा कारअन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेगा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठसहित ५ भाग्यशाली विजेताले लक्की ड्रमार्फत निःशुल्क दुबई भ्रमण जितेको कम्पनीको भनाइ छ।
दशैं तथा तिहार स्किमको अन्त्यसंगै कम्पनीले सम्पूर्ण विजेताहरुलाई बधाई ज्ञापन गर्नुको साथै अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरुमाझ ल्याउने लक्ष्य लिएको छ। स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो।
सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ।
प्रतिक्रिया