ad ad

अटो


कटारीमा यामाहाको नयाँ शोरुम

कटारीमा यामाहाको नयाँ शोरुम

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १२:५४,

नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ कटारीमा आफ्नो एक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले बाइक छनौट गर्ने धेरै विकल्पहरु पाउनेछन्।

शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियंका कार्कीबाट गरिएको थियो भनें साथमा अन्य चिरपरिचित अतिथिहरु जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो।

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरककहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको सञ्चालन गरिएको छ। उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स (सेल्स, सर्भिस र स्पेयर पार्टस्) का साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ।

‘कटारीमा यामाहाको उच्च शृँखलाका मोटरबाइकहरु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरुमको सञ्चालनसँगैं हाम्रा ग्राहकहरुलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं।’ उक्त अवसरमा बिक्री प्रमुख, प्रकाश बाबु देवकोटाले भने।

नेपालमा यामाहा बाइकहरु अत्यन्त विश्वसनीय बाइक मानिन्छन्। यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र ए.बि.एस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ।

मोरङ अटो वक्र्स नेपालमा सन् १९७५ देखि यामाहाको साथमा सञ्चालित छ र यसको उत्पादनहरुको सूचीमा अब रे जेड विथ युबिएस, फेसिनो युबिएस, रे जेडआर डिस्क, रे जेडआर स्ट्रिट -याली युबिएस, स्यालुटो ड्रम युबिएस, स्यालुटो डिस्क युबिएस, एसजेड–आरआर, एस–जेड आरआर एसइ, एफजेड १६–एफआइ, एफजेडएस–एफआइ, एफजेडएस एफआइ डिडि, एफजेडएस एफआइ भि३, एफजेड २५, डुवल एबिएस, एफजेड २५ मोटो जिपि ड्वेल एबिएस, एमटि १५, आर १५ भि ३ एबिएस, एक्सटिजेड १२५, फेजर २५ र आर १५ भि ३ मोटोजिपि जोडिएका छन् र नेपालमा यी बाइकहरुले आफ्नो उत्कृष्ट स्थान कायम गरेका छन्। यसका अलावा देशभर हाम्रो २०० भन्दा धेरै आधिकारिक सर्भिस केन्द्रहरु रहेका छन् जसले गर्दा ग्राहकहरु आफूलाई पायक पर्ने सर्भिस सेन्टर पुग्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .