राजनीति


ट्रम्प र नेटो प्रमुखबीच ह्वाइट हाउसमा छलफल हुने

ट्रम्प र नेटो प्रमुखबीच ह्वाइट हाउसमा छलफल हुने

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ७:४६,

ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ।

साथै, नेटो गठबन्धन मुलुकहरुको प्रतिरक्षा र आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले नेटो प्रमुखहरुको आगामी डिसेम्बरको शुरुमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नेछन्। राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७०औं वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ।

ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ।

यसबाहेक, अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ। खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले हालै मात्र रणनीतिक सहयोगको कमी र संयुक्तराज्य अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो संकट आएको बताएका थिए। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad