ad ad

अटो


नेपालमा राइडिङ टुर गरी फर्कियो भारतको एक्सबीपीएच बाइक राइडिङ टिम

नेपालमा राइडिङ टुर गरी फर्कियो भारतको एक्सबीपीएच बाइक राइडिङ टिम

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १०:१८,

भारतको एक्सबीपीएच बाइक राइडिङ टिम नेपालमा तीन दिनको अनुभव लिई फर्किएको छ। नेपालमा बाइक राइडिङको तथा नेपाल भ्रमण उनीहरुको मुख्य उद्देश्य थियो। उक्त टोली भैरहवा, बन्दीपुर र काठमाडौंको टुरपश्चात् स्वदेश फर्किएको हो।

उनीहरुले नेपाल छिर्नको लागि खासै समस्या नभएको बताएका छन्। बोर्डरमा कागजपत्र मिलाउनको लागि ३० मिनेट लागेको टोलीले बतायो। उनीहरुले नेपालको तीन दिनको बसाइमा पहिलो दिन भैरहवा बसेका थिए। भैरहवामा बस्दा उनीहरुले लुम्बिनीको अवलोकन गरे।

दोस्रो दिन बन्दीपुरका लागि हिँडेका उनीहरुको लागि घुम्ती सडकलगायत मनोमहक प्रकृतिक दृश्यले उनीहरुको यात्रा रमाइलो भयो। बन्दीपुर जाने बाटोमा मुग्लिङ–बन्दीपुर सडकमा सिग्नेचर पुल र त्यहाँको हावा पानी सबैभन्दा मन परेका टोलीमा सहभागी राइडरले बताएका छन्।

indian riders 2

दोस्रो दिन बन्दीपुरको बसाई नेपाली बाइक राइडरसँगको भेटले भारतीय टोलीलाई अझै सम्झनालायक बनायो। नेपालका बाइक राइडर अमित राजकर्णिकार, अंकित शाक्य, स्वपान प्रधानको काठमाडौंबाट गएको टिमले बन्दीपुरमा उनीहरुलाई स्वागत गरेको थियो। तेस्रो दिन काठमाडौं आउँदा भने सडक तथा ट्राफिकको कारण यात्रा कष्टकर रह्यो।

बन्दीपुरबाट काठमाडौं एक्सबीपीएचको टिमसँगै आएका अमित राजकर्णिकारले नेपालखबरसँगको कुराकानीमा बाइक किन मोडिफाई गरेको भनेर प्रहरीले दुःख दिएको गुनासो सुनाए।

indian riders 4

एक्सबीपीएचको टोलीले अरु देश घुम्दा यस विषयमा खासै समस्या नभए पनि नेपाल आउँदा भने समस्या भोग्नुपरेको गुनासो उनको थियो। उनीहरुले लामो दूरीको लागि बाइक राइडिङ गर्दा बाइकलाई थोरै मोडिफाई गरी प्रयोग गरेका थिए। नेपालमा बाइक राइडिङको लागि पूर्वाधार र सामान्य मोडिफाईको कारण समस्या भएकाले विदेशी नेपाल आउँदा दुःख पाउने गरेको अमितले सुनाए।

indian riders 3

उनीहरुको टिमले भारतमा म्यागेजिन निकाल्नुका साथै आफू घुमेका ठाउँको विषयमा डकुमेन्ट्री बनाउने गरेको छ। उनीहरुले आजसम्म करिब ५० भन्दा बढी देशमा बाइक राइडिङ गरी पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .