विश्वकप विशेष


चोटसँग जुधिरहेका नेयमारको आज इमेजिङ परीक्षा

चोटसँग जुधिरहेका नेयमारको आज इमेजिङ परीक्षा

नेपालखबर
जेठ २५, २०८३ सोमबार १६:६, काठमाडौँ

पाँच पटकको विश्व विजेता ब्राजिक फिफा विश्वकप २०२६ को अन्तिम तयारीमा जुटिरहँदा स्टार फरवार्ड जुनियर नेयमार चोटसँग जुधिरहेका छन्। 

विश्वकपको अन्तिम सूचीमा आफ्नो नाम आएपछि भावुक बनेका नेयमार अहिले चोपपछिको पुनरागमनका लागि तयारी गरिरहेका छन्।

नेयमारले ब्राजिलको विश्वकप टोलीका बाँकी सदस्यहरूसँग पूर्ण रूपमा प्रशिक्षण गर्ने आशामा छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेयमार अहिले आफ्नो दाहिने पिँडुलाको चोटको उपचार गर्न नासाले विकास गरेको प्रविधि प्रयोग गरिरहेका छन्। 

दुई दिनअघि शनिबार उनले गुरुत्वाकर्षण विरोधी ट्रेडमिलमा कसरत गरे, जसले उनलाई चोट लागेको क्षेत्रमा कम प्रभाव पारेर दौडन अनुमति दिन्छ।

यो उपकरण एक दशकभन्दा बढी समयदेखि खेलाडीले प्रयोग गर्दै आएका छन्। केही ब्राजिलियन क्लबहरूले यसलाई पहिले नै प्रयोग गरेका थिए।

नेयमारले चोटबाट निको हुन कति प्रगति भएको छ भनेर मूल्याङ्कन गर्न आज नयाँ इमेजिङ परीक्षा दिनेछन्। आजको इमेजिङ परीक्षापछि यदि उनको अवस्थामा सुधार भए उनले ग्राउन्ड रिह्याब सुरु गर्दै बलसँग अभ्यास गर्न अनुमति पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad