घाना सरकारले आफ्ना मिडफिल्डर थोमस पार्टेलाई भिसा दिन अस्वीकार गर्ने क्यानडाको निर्णय पुनर्विचार गर्न माग गर्दै अदालतमा मुद्दा हालेको छ।
बुधबार टोरन्टोमा पानामाविरुद्ध हुने विश्वकपको पहिलो खेलमा पार्टी खेल्न नपाउने भएपछि घाना क्रुद्ध बनेको हो।
क्यानडाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। ३३ वर्षीय पार्टीविरुद्ध बेलायतमा आपराधिक अनुसन्धान भइरहेको भन्दै भिसा अस्वीकार भएको थियो। यसबारे बेलायतमा अदालती प्रक्रिया चलिरहेको छ।
घानाले हालेको मुद्दाको सुनुवाइ ओटावामा हुनलागेको बीबीसीले जनाएको छ। पार्टीले आफूमाथि लागेका बलात्कारसम्बन्धी सातवटा अभियोग मानेका छैनन्। त्यस्तै यौनिक अत्याचारविरुद्धका अभियोग पनि उनले अस्वीकार गरेका छन्। उनीविरुद्ध २०२० र २०२२ को बीचमा चार महिलाले उक्त आरोप लगाएका थिए। यसबारे अर्को वर्ष अदालतमा सुनुवाइ हुँदै छ।
घाना सरकारले भिसा नदिने कार्यलाई अन्यायपूर्ण भनेको छ। उसले पार्टीको नयाँ भिसा निवेदनलाई अनुमति दिन क्यानडेली अध्यागमन अधिकारीलाई आदेश दिन माग गरेको छ। यसबाहेक कूटनीतिक प्रयास समेत अघि बढाइएको छ।
Shares

प्रतिक्रिया