सन् २०१० मा विश्वकप जितेको स्पेन क्यानडा, अमेरिका र मेक्सिकोमा जारी विश्वकपको आफ्नो पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ।
ग्रुप एचअन्तर्गत सोमबार राति भएको खेलमा नवप्रवेशी टोली क्याबो भर्डेले स्पेनलाई ०–० मै रोक्न सफल भएको हो।
स्पेनले दोस्रो हाफमा लमिन यमाललाई ल्याए पनि गोल गर्न सकेन।
७४ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखे पनि स्पेनले गोल भने गर्न सकेन। उसले क्याबोको विरुद्ध २३ शट्स प्रहार ग¥यो। जसमा ८ वटा निशानामा परेका थिए। जब कि २६ प्रतिशत बल पोसेसन राखेको क्याबोले ६ शट्स प्रहार गर्दा १ शट मात्रै निशानामा पारेको थियो।
यद्यपि दुवै टोली गोल गर्न असफल रहे। स्पेनले खेलमा ११ वटा कर्नर पाएको थियो।
योसँगै ग्रुप एचमा स्पेन र क्याबो भर्डेले समान १ अंक जोडेका छन्। दुवै यो ग्रुपको पहिलो र दोस्रो स्थानमा उक्लिएका छन्।
Shares

प्रतिक्रिया