ad ad

सुदूरपश्चिम


एमाले बाजुरा अधिवेशन : ओली पक्षीय नेताकै दुई गुट, प्यानलसहित चुनावी प्रतिस्पर्धा

एमाले बाजुरा अधिवेशन : ओली पक्षीय नेताकै दुई गुट, प्यानलसहित चुनावी प्रतिस्पर्धा

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा र केन्द्रीय सदस्य लाल बहादुर थापा


गोकुल जोशी
जेठ ५, २०८१ शनिबार १५:५३, कञ्चनपुर

नेकपा एमाले बाजुराको नयाँ नेतृत्वका लागि प्यानलसहित प्रतिस्पर्धा हुँदैछ। अध्यक्षका दाबेदारबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुुन लागेको हो। 

अध्यक्षमा भरत थापा र लालबहादुर ओली प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय बाजुराका नेताहरू नै आफू निकटलाई नेतृत्वमा ल्याउन प्यानलसहित प्रतिस्पर्धा गर्न लागेका हुन्।

एमाले बाजुराको अध्यक्षमा भरत थापालाई स्थायी कमिटी सदस्य कर्ण थापाले अघि सारेका छन्। अर्का अध्यक्षका उम्मेदवार ओलीलाई एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको साथ छ। 

केन्द्रमा ओली समूहमै रहेका स्थायी कमिटी सदस्य थापा र केन्द्रीय सदस्य थापाद्धयबीच बाजुरामा शक्तिसंघर्ष चल्दै आएको छ। उनीहरू बाजुरामा आ–आफ्ना गुट चलाउँछन्। केन्द्रीय सदस्य प्रकाश शाहले पनि एक समूहको नेतृत्व गरेका छन्। यद्यपि बाजुरामा थापाद्धयको गुट बलियो रहेको नेताहरू बताउँछन्। 

‘नेताहरूको शक्ति संघर्षले सहमति जुट्न सकेन। प्यानलसहित चुनावी प्रतिस्पर्धा हुन्छ,’ एक प्रतिनिधि भन्छन्, ‘सदस्यमा निर्विरोध भइरहेको छ। पदाधिकारी  र सर्वसम्मत नभएका बाँकी सदस्यमा पनि चुनाव हुन्छ।’

भरत थापाको प्यानलबाट उपाध्यक्षमा मेघराज शाही, सचिवमा जनक विष्ट र उपसचिवमा मानबहादुर रोकाया र कल्पना महत उम्मेदवार छन्। यस्तै, लालबहादुर ओली प्यानलबाट उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशी विक र उपसचिवमा हरीबहादुर रोकाया र राजकला सार्की छन्।

निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार मतदान गर्ने तयारी छ। मुख्य निर्वाचन अधिकृत तुलाबहादुर थापाका अनुसार उम्मेदवारी फिर्तासंगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइरहेको र ४ बजेभित्र मतदान सुरु गर्ने तयारी छ।

एमाले बाजुराको ८ औँ जिल्ला अधिवेशनका लागि ४३९ प्रतिनिधि छन्। १ जेठमा उद्घाटन भएको अधिवेशनअन्तर्गत ४ जेठमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

सहमतिको लामो प्रयाससंगै दाबेदार टसमस नभएपछि एमाले बाजुराको नयाँ नेतृत्व चयन चुनावतर्फ मोडिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .