नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
उनी नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८७ मतले पराजित गर्दै विजयी भएका हुन्।
बहादुर २६ हजार १७१ मत पाएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा भट्टले २२ हजार ५८७ मत पाएका छन्।
यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन।
बलाएर गृहजिल्ला डोटी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको भागमा परेपछि कैलाली–४ झरेका थिए। भट्ट यसअघि नेकपा माओवादी केन्द्रका तर्फबाट उक्त निर्वाचन क्षेत्रमा निर्वाचन लड्दै आएका थिए।
मंसिर ७, २०७९, बुधबार
72
Shares
प्रतिक्रिया