विश्वकप फुटबलमा कोस्टारिकाको पाेष्टमा स्पेनले गोलको वर्षा गरेको छ। अहिले जारी खेलको पहिलो हाफमा स्पेनले ३-० को अग्रता लिएको हो। स्पेनका लागि डानी ओल्मो, मार्को एसेन्सिओ र फेरान टोरेसले गोल गरेका हुन्।
खेलको ११ औँ मिनेटमा डानी ओल्मोको गोलमा स्पेनले अग्रता बनाएको थियो। त्यसको १० मिनेटपछि २१ औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारे।
एसेन्सियोले जोडी अल्बाको पासमा सुन्दर गोल गरेका हुन्। त्यसपछि पनि कोस्टारिकाको पोष्टमा स्पेनको आक्रमण रोकिएन। ३१ औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३–० को अगता दिलाएका हुन्।
पेनाल्टी एरियमा कोस्टारिकाका खेलाडीले अल्बालाई खराब ट्याकल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसका टोरेस चुकेनन्।
यहि समूहको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ ले पराजित गरेको छ।
मंसिर ७, २०७९, बुधबार
प्रतिक्रिया