बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु भएकाको परिवारलाई सुुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ।
मृतकको परिवारलाई एक लाख र घाइतेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगसँग समन्वय गरेर मृतक परिवारलाई सहयोग र घाइतेको उपचार गर्ने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र बहादुर पालले बताए।
‘निर्वाचन आयोगसँग समन्वय गरेका छौँ। सहमति दिइसकेको छ,’ उनले भने, ‘मृतक परिवारलाई एक लाख र घाइतेको उपचार प्रदेश सरकारले गर्ने निर्णय भएको छ।’
बिहीबार बेलुका बैतडीको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।
57
Shares

प्रतिक्रिया