राष्ट्रिय सभा निर्वाचनअन्तर्गत दुई सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आइतबार भएको मतदानमा ४ जना अनुपस्थित रहेका छन्।
प्रदेशका २२४ मतदाताहरुमध्ये प्रदेश सभाका दुई जना र स्थानीय तहका दुई जनाले मतदान गरेनन्।
सुदूरपश्चिमका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्टले मतदान गरेनन्।
यस्तै स्वतन्त्र विजयी भएका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नाउपाबाट विजयी जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरिया मतदानमा सहभागी नभएको पाइएको छ।
खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसी, एक महिला कोटाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया