सुदूरपश्चिम


सुदूरपश्चिममा राष्ट्रिय सभा चुनावः कसको पल्ला भारी?

सुदूरपश्चिममा राष्ट्रिय सभा चुनावः कसको पल्ला भारी?

नेपालखबर
पुस २३, २०८२ बुधबार १७:२९, कञ्चनपुर

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनअन्तर्गत दुई पदमा चार जनाले मनोनयन दर्ता गराएका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीलाकुमारी भण्डारीको मनोनयन दर्ता गरिएको छ।

‘अन्य’ क्लस्टरबाट उम्मेदवार बनेका कांग्रेसका खाती पूर्वमहान्यायाधीवक्ता हुन्। महिला क्लस्टरमा उम्मेदवार बनेकी भण्डारी माओवादी हुँदै एमाले प्रवेश गरेकी हुन्। 

कांग्रेस र एमालेको गठबन्धनविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मनोनयन दर्ता गरेको छ। 

नेकपाबाट अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारको मनोनयन दर्ता गरिएको छ। 

जैसी माओवादी र बस्नेत एकीकृत समाजवादी पृष्ठभूमिका हुन्। 

एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वारको पदावधि सकिएपछि रिक्त हुने दुई पदका लागि ४ जनाको उम्मेदवारी परेको हो। 

रिक्त हुने पदपूर्ति गर्न ११ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदैछ। 

यसमा प्रदेशसभा सदस्यहरू, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। 

प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ। जसअनुसार कांग्रेस र एमाले गठबन्धनको पल्लाभारी छ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार छ। प्रदेश सभामा कांग्रेसका १८ जना प्रदेशसभा सांसद छन्। 

यस्तै, स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरेर ८६ जना छन्। जसअनुसार कांग्रेसको मात्रै मतभार दुई हजार ६०७ छ । 

नेपाली कम्युनिस्ट पार्टीका एक प्रदेशसभा सदस्य निलम्बनमा रहेका कारण मतभार एक हजार १६ छ। एमालेको एक हजार ५३३ मतभार छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको ५३–५३ तथा स्वतन्त्रको ३ मतभार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad