चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ।
आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित रु १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ विनियोजित रु १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ।
यो अवधिमा सवारीसाधन करतर्फ रु २६ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा रु रु २५ करोड ९७ लाख नौ हजार सङ्कलन भएको थियो। घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ।
यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म रु १५ करोड १७ लाख ७० हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु आठ करोड २० लाख सात हजार सङ्कलन भएको हो। मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ।
अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको रु चार करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा रु आठ करोड २३ लाख ५६ हजार पुगेको छ। प्रदेश सरकारले चालु आवमा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६५ करोड राखेको छ। गत आव २०८१र८२ मा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो।
आव २०८१र८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु ४५ करोड २४ लाख ८४ हजार सङ्कलन भएको हो।
Shares

प्रतिक्रिया