कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरमा खाल्डोमा पुरिएर सोमबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
उनका अनुुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेप्टिक ट्याङ्कीको खाल्डोमा पर्न गई ढिस्कोले पुरिँदा जोशीको मृत्यु भएको हो।
अचानक ढिस्कोले पुरिएर घाइते भएका जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्याइएकामा मृत्यु भएको प्रनाउ सिंहले बताए।
231
Shares

प्रतिक्रिया