बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
सुर्नया गाउँपालिका ५ कुठेगौडास्थित ग्रामीण भित्री सडकमा मिनीट्रक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा ट्रक चालक सुर्नया गाउँपालिका ४ कौलाडीका २८ वर्षीय नरेश महरा छन्।
सनसेरमाण्डौ देखि धनगढीतर्फ आउँदै गरेको भे १ क १६३९ नम्बरको मिनी ट्रक बिहीबार राति १२ बजेतिर सडकबाट ५० मिटर तल खसेको थियो।
प्रहरीलाई दुर्घटनाबारे शुक्रबार बिहान ८ बजे मात्रै खबर आएको हो।
स्थानीय रौलेश्वर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट अहिले अनुसन्धानका लागि प्रहरी खटिएको छ।
ट्रकमा चालक मात्रै रहेको खुलेको प्रहरीले जनाएको छ।
99
Shares

प्रतिक्रिया