समाज


सप्तरीमा बस र ट्रक ठोक्किए, १ को मृत्यु, ११ जना घाइते

सप्तरीमा बस र ट्रक ठोक्किए, १ को मृत्यु, ११ जना घाइते

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १०:३०, सप्तरी

सप्तरीमा गएराति बस र ट्रक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारीअनुसार कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा गए राति दुर्घटना भएको हो। 

जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना.३ ख ४४०२ नम्बरको ट्रक गएराति पाैने ११ बजेतिर आपसमा ठोक्किँदा बसमा सवार करिब ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

मृतकको नाम ठेगाना खुल्न नसकेको इन्सपेक्टर विजय कार्कीले जानकारी दिए। 

दुर्घटनामा महोत्तरीको जलेश्वर नगरपालिका- ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका- ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका- ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका- १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका- ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा नपा-४ का २७ वर्षीया कृतिका कोइराला घाइते भएका छन्।

त्यसैगरि दुर्घटनामा भारतको मधुवनी सुजातपुर निवासी ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामाडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी पनि घाइते भएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad