सुदूरपश्चिम


पूर्वमुख्यमन्त्री रावलको घरमा तोडफोड र आगजनी

पूर्वमुख्यमन्त्री रावलको घरमा तोडफोड र आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:७, कञ्चनपुर

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु तोड्दै युवाहरू महेन्द्रनगर बजारमा प्रदर्शनमा उत्रिएका छन्। 

जेन-जेड आन्दोलनमा सोमबार १९ युवा मारिएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको वेदकोट नगरपालिका–८ गैलनदीस्थित घरमा आगजनी गरेर महेन्द्रनगर फर्किएका युवा फेरि नेताहरूको घर आगजनी र तोडफोडमा उत्रिएका हुन्। 

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा तोडफोड र आगजनी गरेका छन्।

आन्दोलनकारी युवाले महेन्द्रनगरस्थित रावलको घरमा आगजनी र तोडफोड गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। 

सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रका तीन किलोमिटर परिसरको क्षेत्र, पूर्वपश्चिम राजमार्गका दायाँ-बायाँ तीन किलोमिटर, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा कर्फ्यु लगाइएको हो। 

यस क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा प्रशासनको आदेशबिना ५ जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्य नगर्न प्रशासनले सूचना जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad