सुदूरपश्चिम


कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा

कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:५६, कञ्चनपुर

कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ।

सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिसरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३ किलोमिटर, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

यस क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा प्रशासनको आदेशबिना ५ जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्य नगर्न प्रशासनले सूचना जारी गरेको छ।

जेन जेड प्रदर्शनकारीको आन्दोलनमा सरकारी दमनपछि आक्रोशित युवाहरु कञ्चनपुरको सडकमा पनि उत्रिएका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय, अख्तियार, नेपाली कांग्रेस, नेकपा एमाले र भीमदत्त नगरपालिकाको कार्यालयमा आगजनी र ढुंगामुढा गर्दै तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad