युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। नेपालखबरसँगको कुराकानीमा चौधरीले आफूले राजीनामा दिएको बताएका हुन्।
'मैले राजीनामा दिएँ' उनले भने।
नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन्। यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए।
चीन भ्रमणमा रहेका नेता कोइरालाले आफूनिकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। त्यसलगत्तै उनीनिकट मन्त्रीहरूले राजीनामाबारे छलफल गरेका थिए।
छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले भने राजीनामाको विषयमा पार्टीले नै निर्णय गरे हुन्थ्यो भन्ने प्रस्ताव गरेका हुन्।
813
Shares

प्रतिक्रिया