अछाममा बिहीबार दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका–६ स्थित वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार घर नजिकैको वनमा मृत फेला परेका उनीहरूको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदैछ।
मृत फेला पर्नेमा १३ र १४ वर्षीया किशोरी छन्। उनीहरू दिदीबहिनी रहेको तुर्माखाँद गाउँपालिका ६ का अध्यक्ष टीकाराम जैशीले बताए।
उनका अनुसार १७ गते बेलुका बजारतिर जान्छौँ भनेर उनीहरू घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन रहेका दुवै जनाको शव फेला परेको हो।
‘सानो बुवा र ठूलो बुवाका छोरी रहेका दिदीबहिनी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्,’ वडाध्यक्ष जैशीले भने, ‘प्रहरीले मुचुल्का उठाएर शव अहिले पोष्टमार्टमका लागि अस्पताल लगको छ।’
Shares

प्रतिक्रिया