सुदूरपश्चिम


कञ्चनपुरमा २० वर्षीय युवक नहरमा हाम फालेर बेपत्ता

कञ्चनपुरमा २० वर्षीय युवक नहरमा हाम फालेर बेपत्ता

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १८:२४, कञ्चनपुर

कञ्चनपुरमा २० वर्षीय युवक नहरमा हाम फालेर बेपत्ता भएका छन्। 

बेदकोट नगरपालिका १० बल्मा नदी नजिकैको नहरको साइपनमा हाम फालेर सोही ठाउँका २० वर्षीय बलभद्र राना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार मंगलबार दिउँसो रानाले नहरमा हाम फालेका थिए। उनको अवस्था अज्ञात छ। 

प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन्। घटनाको सूचनापछि अस्थायी प्रहरी पोष्ट दैजीका प्रहरी नायव निरीक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली खटिएको थियो। 

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराको नेतृत्वमा १२ जना र सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी नायब निरीक्षक ललित सिह बिष्ट कमाण्डको ६ जनाको टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad