समाज


काठमाडौँमा अपहरणमा संलग्न ३ जना पक्राउ, पीडितको सकुशल उद्धार

काठमाडौँमा अपहरणमा संलग्न ३ जना पक्राउ, पीडितको सकुशल उद्धार

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १८:२६, काठमाडौँ

काठमाडौँको फुटुङस्थित पदम चक्र स्कुल नजिकबाट एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ सोमबार गते ३ : ३८ बजे अपरिचित व्यक्तिहरूले एक घरमा प्रवेश गरी व्यक्तिलाई लगेको खबर प्राप्त भएपछि बालाजुबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका-१ स्थित घरबाट पीडितलाई मोबाइल अफ गरी राखेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-१ साङ्ला निवासी विराज सिंह लवट खत्री र राज लवट खत्री तथा फुटुङ निवासी सन्तोष महर्जन रहेका छन्। 

उनीहरू ३ जनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad