सुदूरपश्चिम


डडेल्धुरा जिप दुर्घटना: चार मृतक र ६ घाइते एउटै वडाका (नामावली)

डडेल्धुरा जिप दुर्घटना: चार मृतक र ६ घाइते एउटै वडाका (नामावली)

गोकुल जोशी
भदौ १२, २०८२ बिहिबार ११:३६, कञ्चनपुर

डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो। 

मृतक अवस्थी शिक्षक हुन। उनी भूमिराज आधारभूत विद्यालय चौडमा पढाउँथिन्। 

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ की १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक र चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएका छन्। उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो। 

प्रहरीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad