कला


आईएनआई सिनेमाजले गर्‍यो व्यावसायिक शोमा क्यामेरा र बुम रोक लगाउने निर्णय

आईएनआई सिनेमाजले गर्‍यो व्यावसायिक शोमा क्यामेरा र बुम रोक लगाउने निर्णय

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ११:४१, काठमाडौँ

देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्नो देशभरिका हलमा व्यवसायिक शोको क्रममा क्यामेरा र बुमलाई रोक लगाउने निर्णय गरेको छ। हलले एक विज्ञप्ति निकाल्दै दर्शकहरूको गोपनियतालाई मध्यनजर गर्दैं यो निर्णय गरेको हो।

‘विगत केही समयदेखि फिल्मसँग सम्बन्धित केही पत्रपत्रिका, युट्युब च्यानल, टेलिभिजन कार्यक्रमसँग सम्बन्धित पत्रकार प्रदर्शन भएका फिल्मसँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा फिल्म हेर्न बाधा पुग्ने तथा आफ्नो गोप्यता भंग हुने सम्मका विभिन्न गुनासा दर्शकबाट पटक पटक आएको कुरालाई मध्यनजर राखि अब उप्रान्त विभिन्न विशेष कार्यक्रमजस्तै प्रिमियर, गीत रिलिज, ट्रेलर रिलिज आदिजस्ता आमन्त्रण गरिएका कार्यक्रममा बाहेक अन्य कुनैपनि कमर्सियल शोमा आउने दर्शकलाई क्यामेरा, बुम तेर्साएर प्रश्न सोध्ने कुरालाई पूर्णरुपले बन्देज गरिएको जानकारी गराउँदछौं,’विज्ञप्तिमा लेखिएको छ।

पछिल्लो समय कर्मसियल शोको क्रममा क्यामेरा र बुम लिएर हलभित्र जाने प्रवृति बढ्दो छ। जसकारण केही दर्शकहरूले गोपनियताको उल्लंघन भएको भन्दै यसको विरोध गरिरहेका थिए। यस्तोमा आईएनआई सिनेमाजले पहिलोपटक रोक लगाउने कदम चालेको हो।

आइएनआईले गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर, सिमराको केएसआर हलमा यो निर्णय लागू हुने विज्ञप्तिमा उल्लेख छ।

 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad