सुदूरपश्चिम


भारतमा अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार, गर्भ रहेपछि बाहिरियो घटना

भारतमा अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार, गर्भ रहेपछि बाहिरियो घटना

गोकुल जोशी
फागुन ११, २०८१ आइतबार १८:५८, कञ्चनपुर

अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ। भारतको सुरतमा ती बालिकामाथि बलात्कार भएको हो। 

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६ वर्षीय व्यक्तिले बालिकालाई बलात्कार गरेको भन्दै जबरजस्ती करणीको जाहेरी परेको छ। 

ती बालिकाका आमाबुवा रोजगारीको सिलसिलामा ५ वर्षदेखि भारतको सुरतमा थिए। बालिका पनि आमाबुवासँगै गएकी थिइन्। आमाबुवा काममा गएको मौका छोपेर घरमा एक्लै रहेकि बालिकामाथि गत साउन २६ को दिउँसो बलात्कार भएको जाहेरी उल्लेख छ।  

बलिकासहित आमाबुवा ५-६ महिनाअघि गाउँ फर्किए। बालिकाको पेट बढ्दै गएपछि परिवारले उपचारका लागि अस्पताल लग्यो। जाँचका क्रममा उनको पेटमा ५ महिनाको गर्भ रहेको पाइएपछि बलात्कारको घटना बाहिरिएको हो।

पीडित परिवारले ४ फागुनमा जिल्ला प्रहरी कार्यालय, अछाममा जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जनाएको छ। प्रहरीले आरोपी पुरुषको परिचय गोप्य राखेको छ, जो अहिले पनि भारतमै छन्।

भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई अछाम झिकाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पीडित बालिका अहिले कैलालीको धनगढीमा उपचाररत छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad