सुदूरपश्चिम


कञ्चनपुरमा शनिबार माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

कञ्चनपुरमा शनिबार माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

नेपालखबर
पुस ११, २०८१ बिहिबार १९:५, कञ्चनपुर

नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ।

१३ पुसमा पुनर्वास नगरपालिकाको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। 

सभा सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्ड पुनर्वास आउने छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने माओवादी सुदूरपश्चिमका इन्चार्ज गिरीराजमणि पोखरेलले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad