बझाङमा आज (बुधबार) पनि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
हिजो मंगलबार पनि साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
543
Shares

प्रतिक्रिया