सुदूरपश्चिम


बाजुरा दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

बाजुरा दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १५:३२, काठमाडौँ

बाजुराको मार्तडीमा आज दिउँसो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३ जना घाइते छन्।

मृतकमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका-१ की गायत्री भट्टको घटनास्थलमै मृत्यु भएको र राधिका भट्टको जिल्ला अस्पताल बाजुरामा मृत्यु घोषणा गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीका अनुसार, शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१- ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन्। गायत्री उनका भतिजा बुहारी हुन्। भतिजा मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन्। धामी बाजुराकै गाैमूलका हुन्। मोहनदेवले गाडी चलाइरहेका थिए। अर्का आफन्त लोकेन्द्र भट्ट पनि घाइते छन्।

भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरकाे दर्शन गरेर फर्किँदै गरकाे गाडी दुर्घटनामा परेको हो।

घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad