सुदूरपश्चिम


बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले अगाडि

बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले अगाडि

सुलोचना भण्डारी बुढा


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १:१०, काठमाडौँ

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा भएको मतदानमा एमाले अगाडि देखिएको छ।

१ हजार ७०७ मत गणना हुँदाको विवरणअनुसार एमालेका पक्षमा ७६५ मत परेको छ भने नेपाली कांग्रेसले ६६४ मत पाएको छ।

उपाध्यक्ष पदका लागि यहाँ एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढा र कांग्रेसबाट पुल्तीसरा शाही छन्। 

माओवादीको साथ पाएको नेकपा समाजवादीको हालसम्म २३५ मत मात्र परेको छ। ४१ मत बदर भएका छन्।

एकीकृत समाजवादीकी जवा शाही उम्मेदवार छिन्।

यहाँ ३ हजार ९०३ मत खसेको छ।

०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि यहाँ उपचुनाव भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad