राजनीति


धनुषाधाम १ मा माओवादीका २८ वर्षीय केवटले भत्काए कांग्रेसको गढ

धनुषाधाम १ मा माओवादीका २८ वर्षीय केवटले भत्काए कांग्रेसको गढ

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १:१४, काठमाडौँ

धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। 

उपनिर्वाचनमा माओवादीका २८ वर्षीय सुनिल कापर केवट विजयी भएका हुन्।

विजयी केवटले ६८४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुवोध कुमार यादवले ६०२ मत प्राप्त गरे भने जनता समाजवादी पार्टी, नेपालका सन्देश प्रसाद यादवले ४९९ मत प्राप्त गरे। 

यस्तै, नेकपा एमालेका जिउती देवी यादले ४९४ मत प्राप्त गरिन्। यस वडामा ११ दल र ९ स्वतन्त्र गरि २० जना चुनावी प्रतिस्पर्धामा थिए।

यस वडामा नेपाली कांग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको ३१ जेठ २०८१ मा निधन भएपछि उपनिर्वाचन भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad