सुदूरपश्चिम


डडेल्धुरा जिप दुर्घटनाका मृतक २ को पहिचान खुल्यो, ९ जना घाइतेको उपचार हुँदै

डडेल्धुरा जिप दुर्घटनाका मृतक २ को पहिचान खुल्यो, ९ जना घाइतेको उपचार हुँदै

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २२:५, कञ्चनपुर

डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्मर विष्टका अनुुसार मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा छन्।

दुर्घटनामा परि ९ जना घाइते भएका छन्। घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढातर्फ गइरहेको लु १ ज ४५७९ नम्बर को बोलेरो जिप कञ्चनपुर र डडेल्धुराको सीमा नजिकै मंगलबार दिउँसो दुर्घटना भएको थियो।

जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ।

चालक सकुशल रहेको छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad