कला


हिन्दु समुदायमा इस्लामिक कलाको योगदानबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

हिन्दु समुदायमा इस्लामिक कलाको योगदानबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २२:१०, काठमाडौँ

हिन्दु समुदायमा इस्लामिक कलाको योगदानबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा मंगलबार सम्पन्न भएको छ।

द मदर फाउन्डेसनले आयोजना गरेको उक्त सम्मेलनको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित सम्मेलनमा युनेस्कोको नेपाल प्रमुख माइकल क्रोफ्ट, मलेसियाली दूतावासका चार्ज डी अफेयर्स मोहम्मद फुरियस अजम र इस्लामिक इतिहास, कला र संस्कृतिसम्बन्धी अध्ययन केन्द्र (इर्सिसा)का महानिर्देशक प्राडा महमुद इरोल किलिकले इस्लामिक कला र वास्तुकला एवं नेपालमा यिनको प्रभाव र महत्त्वका विषयमा आफ्ना धारणा राखे।

नेपालको तर्फबाट प्राडा दिनेशराज पन्त, नास्टका पूर्वउपकुलपति प्राडा जीवराज पोखरेललगायतले आफ्नो प्रस्तुति दिएका थिए। उनीहरूले नेपालका महत्त्वपूर्ण कला तथा वास्तुकलाहरूमा इस्लामिक कलाको प्रभाव तथा कलाकारहरूको योगदानका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रमका अधिकांश वक्ताहरूले इस्लामिक कलाको अध्ययन र प्रवर्धनले इस्लामिक राष्ट्रहरूसँग नेपालको सम्बन्ध विस्तारमा टेवा पुग्ने धारणा राखेका थिए। 

यसअघि सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक कला र वास्तुकलाको अन्तर्राष्ट्रिय प्रर्दशनीको उद्घाटन गरेकी थिइन्। कार्यक्रमको दोस्रो दिन सम्मेलन सम्पन्न भएको हो।

हिन्दु समुदायमा इस्लामिक कलाको योगदानको चर्चा गर्नुका साथै विश्वव्यापी रूपमा रहेको इस्लामिक कला र वास्तुकलाको महत्त्व दर्शाई यसलाई प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको द मदर फाउन्डेसनकी अध्यक्ष तबस्सुम सिद्दिकीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad