सुदूरपश्चिम


कैलालीमा मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १३:१४, कञ्चनपुर

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका– २ की ५५ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी उनलाई कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

गम्भिर घाइते भएकी उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो।

चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएकोा छ।

मोटरसाइकल चालक  कैलारी गाउापालिका–७ का ४० वर्षीय हरी प्रसाद चौधरी पनि घाइते भएका छन्।

उनको निसर्ग अस्पताल धनगढीमै उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad