राजनीति


प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १३:२१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार, शुक्रबार बिहान बर्मा नेपाल आइपुगेका थिए। उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन्। 

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad