सुदूरपश्चिम


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आजै राजीनामा दिने तयारी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आजै राजीनामा दिने तयारी

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारी निकट स्रोतका अनुसार, सोडारीले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्। 

सोडारीले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ। 

स्रोतका अनुसार, सोडारीले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। 

शुक्रबारको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले अनुपस्थित हुन सक्ने सम्भावना रहेको एक नेताले बताए। त्यस्तो भएको खण्डमा पत्रकार सम्मेलन गरेर भए पनि आजै सोडारीले राजीनामा दिनेछन्।

प्रदेशसभाका सभामुख भीम भण्डारीका अनुसार, गणपूरक संख्या पुगेको खण्डमा बैठक बस्छ। ‘४ बजे बैठक बोलाएका छौँ,’ भण्डारीले नेपालखबरसँग भने, ‘गणपूरक संख्या पुग्ने बैठक बस्छ।’ 

गएको असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतको सरकार चलाउँदै आएका छन्।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गरिसक्नुपर्छ। नभए प्रदेश सरकार ढल्छ।

बहुमत जुटाउने स्पष्ट आधार नभए राजीनामा दिएर अर्को सरकार गठनको मार्ग प्रशस्त गर्ने गरेको संसदीय अभ्यास पनि छ।

तथापी नेपाली कांग्रेस र नेकपा एमालेको मिलनले बहुमत जुटाउने स्पष्ट आधार नहुँदा पनि प्रदेश सरकारलाई बजेट ‘होली डे’मा राख्दै सोडारीले सत्ता लम्ब्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad