ad ad

सुदूरपश्चिम


प्रदेश प्रमुखको पत्र सुनाउँदै स्थगित भयो सुदूरपश्चिम प्रदेश सभा बैठक

प्रदेश प्रमुखको पत्र सुनाउँदै स्थगित भयो सुदूरपश्चिम प्रदेश सभा बैठक

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:४०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको आइतबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको जानकारी गराए। उनका अनुसार अर्को सूचना नआउञ्जेलसम्म प्रदेश सभा बैठक स्थगित भएको हो।

बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री सोडारी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .