ad ad

राजनीति


प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:४१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन्।

मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताए। 

‘हामी सबै प्रेस फ्रिडमको कुरा गर्छौं। जुडिसियरीको फ्रिडमको कुरा गर्छौं। तर मलाई के लाग्छ भने हरेक चिजको आफ्नो लिमिटेशन हुन्छ। सीमा छ। सीमा भन्दा बाहिर दुनियाँमा कुनै चिज छैन। हाम्रो डेमोक्रेसी पनि आफैँमा लिमिटेशन छ। साह्रै धेरै डेमोक्रेसीको उपयोग गरियो भने अनारर्किजम सुरु हुन्छ,’ उनले भने।

सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको उनले बताए। 

प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताउँदै मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने बताए।

‘प्रेसमा, जुडिसियरीमा र लोकतन्त्रमा पनि अनारकिजम आउनु भएन। यसलाई सन्तुलित रुपमा लैजाऔँ। प्रेस काउन्सिलको विधेयकमा पहिलो बुझाइ के रहेछ भने त्यो बेलामा प्रिन्ट मिडियाको मात्रै कुरा हुन्थ्यो। प्रेस कसैले छुनै नसक्ने तरिकाले पनि लैजानुभएन। प्रेस स्वतन्त्रताको पक्षमा हामी सधैँ छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .