ad ad

सुदूरपश्चिम


रञ्जिताको ह्विपलाई संसदीय दलको काउन्टर : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

रञ्जिताको ह्विपलाई संसदीय दलको काउन्टर : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

फाइल फोटो


नेपालखबर
चैत २१, २०८० बुधबार १६:२०, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभामा विश्वासको मत लिँदैछन्। नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन्।

जबकी बुधबार नै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन्।

नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई पत्र लेख्दै रञ्जिताले यस्तो निर्देशन दिएकी हुन्। नाउपाको सुदूरपश्चिम प्रदेश संसदीय दललाई प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई भएको रञ्जिताले बताएकी छन्।

नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायत कार्यक्रमहरुका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा काम गरिरहेको उनले स्पष्ट पारेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .