सुदूरपश्चिम


राजमार्गमा खस्दै गरेको ढुंगाले लाग्दा मोटरसाइकलको पछाडि बसेका व्यक्तिको मृत्यु

राजमार्गमा खस्दै गरेको ढुंगाले लाग्दा मोटरसाइकलको पछाडि बसेका व्यक्तिको मृत्यु

प्रतिकात्मक तस्बिर


रासस
भदौ २४, २०८० आइतबार १९:३९, डडेल्धुरा

केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोको ढुङ्गाले लाग्दा एक युवकको मृत्यु भएको छ। 

डडेलधुराको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरकोे मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो। 

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। त्यहाँ उपचार हुन नसकेपछि धनगढी पठाइएको थियो ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ।

मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad