ad ad

सुदूरपश्चिम


धनगढीको स्वस्तिक अस्पतालमा तनाव, डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन

धनगढीको स्वस्तिक अस्पतालमा तनाव, डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन

गोकुल जोशी
भदौ ११, २०८० सोमबार १७:२, कञ्चनपुर

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा तनाव उत्पन्न भएको छ। चिकित्सकको लापरबाहीले पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएको भन्दै पीडित परिवार अस्पतालविरुद्ध विरोधमा उत्रिएको छ।

अस्पतालमा भीडभाड बढेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछि पीडित परिवार विरोधमा उत्रिएको हो।

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुको छ। 

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो। 

पत्थरीको अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको थियो। पारिवारिक स्रोतका अनुसार चिकित्सकले मिर्गौला फाल्नु पर्ने बताएको र त्यसपछि फेरि अप्रेसन गरिएको थियो। 

त्यस क्रममा चौधरीको मृत्यु भएको हो। चौधरीको दुवै मिर्गौलामा पत्थरी थियो। अस्पतालमा शुक्रबार भर्ना गरिएका उनको उपचारमा चिकित्सकले लापरबाहीका गरेको आरोप छ। 

मृतकका आफन्तहरूले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .