ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा हावाहुरीले क्षति, सुतिरहेका बेला घरमाथि ढल्यो रूख

विद्युत् सेवा बन्द
कञ्चनपुरमा हावाहुरीले क्षति, सुतिरहेका बेला घरमाथि ढल्यो रूख

हावाहुरीले कञ्चनपुरमा घरमाथि ढालेको रूख।


गोकुल जोशी
जेठ १०, २०८० बुधबार १०:१६, कञ्चनपुर

मंगलबार मध्यराति आएको हावाहुरीका कारण कञ्चनपुरमा भौतिक संरचनामा क्षति भएको छ। जिल्लाका विभिन्न ठाउँमा हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो। 

हुरीले घरमा रूख खस्दा क्षति गरेको छ।

कञ्चनपुरमा हुरीले ढालेकाे रुख। तस्बिर : रासस

यस्तै घरका जस्ता उडाएको जानकारी आएको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा हावाहुरीले जस्ताको छानो बिगारेको

बिजुलीका पोलमा क्षति पुर्‍याउँदा रातिदेखी नै विद्युत् सेवा बन्द भएको छ। 

हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

‘धेरै ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ, यकिन विवरण आएको छैन, संकलन गर्दै छौँ’,  उनले भने, ‘घरका जस्ता उडाएको, रूख घरमा खसेका छन्, मानवीय क्षति अहिलेसम्म केही छैन।’

उनका अनुसार सुतिरहेका बेला घरमाथि रूख खस्दा भीमदत्त नगरपालिका-१८ सालघारीमा दुईजना घाइते भएका छन्।

बर्दियाका २४ वर्षीय गणेश चौधरी गम्भीर घाइते भएका छन्। उनी लामा जेबी कन्स्ट्रक्सनमा कामदारका रुपमा कार्यरत छन्।

उनको कैलालीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै २१ वर्षीय हेलु चौधरी मध्यम घाइते छन्। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेक छ।

सुतिरहेका बेला हावाहुरीले सालको रूख घरमाथि खसेको थियो। घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .